मापदण्ड विपरित देउवा सरकारले थप्यो प्रचण्डको सुरक्षाकर्मी

काठमाडौं। देउवा सरकारले सुरक्षा थ्रेट बढेको भन्दै मापदण्डविपरीत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षाकर्मी संख्या बढाएको छ। गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले भने,“सुरक्षा निकायले गरेको पछिल्लो विष्लेषणअनुसार प्रचण्डको सुरक्षामा थ्रेट देखिएको छ। सोही विष्लेषणअनुसार सुरक्षार्कीको संख्या बढाएको हो।”साउन १ गतेको निर्णयअनुसार सुरक्षाकर्मीको संख्या बढाएको गृहमन्त्रालयले बताएको छ। प्रचण्डलाई कुन लेभलको सुरक्षा दिइएको भन्ने जानकारी भने दिन नमिल्ने दाहालले बताए।

सम्बन्धित सामग्री

सुरक्षाकर्मी र चालकको दुरूपयोग

कानुन पालना गराउने शासन सञ्चालक प्रधानमन्त्री कार्यालय नै कानुन बाहिर गएर प्रहरी सुरक्षाकर्मी र प्रहरीबाट चालक मगाउँछ भने कसरी सुशासन कायम हुन सक्छ भन्ने प्रश्न उठेको छ।...

मापदण्ड विपरीत खटिएका १९४ सुरक्षाकर्मी फिर्ता

काठमाडौं– गृह मन्त्रालयको निर्देशनपछि पूर्वकर्मचारी र सुरक्षाकर्मी कहाँ मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालिएका छन् । बिहीबारसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी गरी जम्मा १९४ सुरक्षाकर्मी प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालय, नक्सालमा हाजिर गराइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले […]

मापदण्ड विपरीत खटिएका १९४ सुरक्षाकर्मी फिर्ता : गृहमन्त्रीको सचिवालय

१४ पुस, काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि पूर्वकर्मचारी र सुरक्षाकर्मी कहाँ मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालिएका छन् । बिहीबारसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी गरी जम्मा १९४ सुरक्षाकर्मी प्रहरी/सशस्त्र प्रहरी प्रधान कार्यालय, नक्सालमा हाजिर गराइएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर बहालवाला तथा […]

मतदान स्थल पुगे कर्मचारी र सुरक्षाकर्मी

आइतबार हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी मतदान स्थलमा खटिएका छन्। कैलालीमा सबै निर्वाचन स्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका जिल्ला निर्वाचन कार्यालयले जनाएको...

सुरक्षाकर्मी र कर्मचारी मतदानस्थलतर्फ

मकवानपुर दुई हजार आठ सय सुरक्षाकर्मी परिचालित स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा दुई हजार ८६२ सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षाका लागि नेपाली सेना ४५०, नेपाल प्रहरी ६५५, सशस्त्र प्रहरी २८४ र...

रसुवामा निर्वाचनका लागि आठ सय सुरक्षाकर्मी खटिए

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा आठ सय सुरक्षाकर्मी खटिएका छन्। निर्वाचन सुरक्षाका लागि जिल्लामा नेपाली सेनाबाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी आठ सय एक सुरक्षाकर्मी...

जुम्लामा सात सय सुरक्षाकर्मी परिचालन

खलङ्गा । निर्वाचन सुरक्षाका लागि जिल्लामा एक हजार ७२१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र भयरहित तवरबाट सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी परिचालन गरेको हो । निर्वाचन सुरक्षामा नेपाल प्रहरी ४३२, नेपाली सेना ३५०, सशस्त्र प्रहरी २७० र ६६९ म्यादी प्रहरी परिचालन भएको […]

सुरक्षाकर्मी र संरक्षणकर्मीलाई सम्मान

संरक्षण क्षेत्रमा योगदान पु¥याएका सुरक्षाकर्मी र संरक्षणकर्मीलाई लामटाङ राष्ट्रिय निकुञ्जले सम्मान गरेको छ । बुधबार निकुञ्जको ४६औं वार्षिक उत्सबको अवसरमा संरक्षण क्षेत्रमा योगदान पु¥याएका सुरक्षाकर्मी, संरक्षणकर्मीहरूलाई कार्यालयले नगदसहित सम्मान गरेको...

सर्वोच्च परिसरका सुरक्षाकर्मी हटाइए

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग्दै भएको नेपाल बार एसोसिएसनको आन्दोलन भएको क्षेत्रमा परिचालित सुरक्षाकर्मी हटाइएको छ । नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले दिएको जानकारी अनुसार गृहमन्त्री बालकृष्ण खाँणलाई सर्वोच्च परिसरमा खटाइएका सुरक्षाकर्मी हटाउन आग्रह गरेपछि त्यहाँ परिचालित सुरक्षाकर्मी हटाइएको हो । पौडेलले भने, ‘मैले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरेर यहाँ बल प्रयोग […]

प्रचण्डको सुरक्षाका लागि डिएसपीको कमाण्डमा सुरक्षाकर्मी थप

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षाका लागि डिएसपीको नेतृत्वमा थप सुरक्षाकर्मी खटाइएको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि सचिवस्तरीय निर्णय गरेर नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक(डिएसपी) को नेतृत्वमा थप सुरक्षाकर्मी खटाइएको हो । गृहको परिपत्र कार्यान्वयन गर्दै प्रहरी प्रधान कार्यालयले डिएसपी विनोद घिमिरेको नेतृत्वमा १० सुरक्षाकर्मी शनिवारदेखि दाहालको सुरक्षाका लागि खुमलटार […]