संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे शुरु हुनेछ । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक-२०७९ माथिको दफाबार छलफल र पारित गरियोस्, राष्ट्र ऋण उठाउने विधेयक -२०७९ माथिको दफाबार छलफल र पारित गरियोस् तथा ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक-२०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ । त्यस्तै बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफाबार छलफल र पारित गरियोस्