अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख फ्लिन नेपालमा

काठमाण्डाै – अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन नेपाल आइपुग्नुभएको छ । चार दिने औपचारिक भ्रमणका लागि आज बिहीवार नेपाल आइपुग्नुभएका फ्लिनलाई त्रिभुवन विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गर्नुभयो ।  प्लिनकाे भ्रमण सद्भावना र मैत्रीपूर्ण रहेको नेपाली सेनाले जनाएको छ । तर असारमा हुने प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको सम्भावित अमेरिका भ्रमणअघि अमेरिकी सैनिक जनरलको नेपाल भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।  जनरल फ्लिनले ...

सम्बन्धित सामग्री

प्रधानमन्त्री र अमेरिकी सेना एसिया–प्रशान्त प्रमुखबीच भेट

प्रमुख फ्लिन चार दिने औपचारिक सद्भावना भ्रमणका लागि बिहीबार नेपाल आउनुभएको हो । प्रमुख फ्लिनले सैनिक मुख्यालय जङ्गी अड्डाको भ्रमणका साथै प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भीम रावलको दाबी- अमेरिकी सैनिक तैनाथी सम्झौता अगाडि बढाइँदैछ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले नेपालमा अमेरिकी सेना तैनाथी गर्ने सम्झौता अगाडि बढाइन लागेको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । ‘दिनदिनै सुनिराछौं, अमेरिकाका सेनाका प्रमुख आउने रे ! एसिया प्रशान्त क्षेत्रका प्रमुख । यहाँका सेना अमेरिका जाने रे !,’ सांसद रावलले भने,‘यहाँ के हुँदैछ […]