काठमाडौं : सर्वोच्च अदालतले एक महिना अघि अवकाश पाएका सशस्त्र प्रहरी बलका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रविणकुमार श्रेष्ठको पदावधि थप नहुनुको कारण पेश गर्न आदेश दिएको छ।शुक्रबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले कारण देखाउ आदेश जारी गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले अहिले श्रेष्ठको अवस्था जे छ, त्यसमा राखेर छलफलमा बोलाउने आदेश भएको जानकारी दिए।तत्काललाई निर्णय यथास्थितिमा राख्न पनि अल्पकालिन अन्तरिम आदेश जारी भएको पनि दाहालले बताए। श्रेष्ठले अवकाश पाइसकेकाले त