मानव विकास सूचकांकको १४३औँ स्थानमा नेपाल, अघिल्लो वर्षभन्दा एक स्थान तल

काठमाडौं : नेपाल मानव विकास सूचकांकमा १ सय ४३औँ राष्ट्रमा परेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युनडीपीले विश्वभरका १ सय ९१ वटा देशहरुको मानव विकास प्रतिवेदन सार्वजनिक गरेकोमा नेपाल लगभग स्थिर सूचकका साथ १ सय ४३औँ स्थानमा रहेको उल्लेख छ। प्रतिवेदन अनुसार विश्वभर नै मानव विकास सूचकांक ओरालो लागेको छ।…