उधारो बिमा गराउने कम्पनीलाई कारबाही गरिने

काठमाडौं। बीमा समितिले बीमा कम्पनीहरुलाई उधारोमा बीमा नगराउन भनेको छ। उधारो बीमा वा चेकबाट प्राप्त हुने बीमा शुल्क बीमकको बैंक खाताबाट प्राप्त नभई बीमालेख जारी गर्ने गरेका उजुरी परेका कारण समितिले यस्तो निर्णय गरेको हो। बीमा गरेको रकम बैंकबाट प्राप्त भए मात्र बीमालेख जारी गर्न समितिले भनेको छ। यदि यस्तो नभएमा कानून बमोजिम कारबाही हुने मितिले बताएको छ।

सम्बन्धित सामग्री

स्रोत नखुलाई पोलिसी जारी गर्ने र उधारो बिमा बिक्री गर्ने चार कम्पनीलाई कारबाही

नेपाल बिमा प्राधिकरणले चार बिमा कम्पनीलाई दुई–दुई लाख जरिवाना गरेको छ । प्राधिकरणले गरेको आन्तरिक निरीक्षणमा कम्पनीमा कैफियत भेटिएपछि प्राधिकरणले नयाँ बिमा ऐनअनुसार नगद जरिवाना गरेको हो । प्राधिकरणका अनुसार प्रभु लाइफ...