मानव सेवा आश्रमद्वारा सडकमा शिशु जन्माएकी महिलाको उद्धार

सप्तरीमा एक महिलाले बेवारिसे अवस्थामा शिशुलाई जन्म दिएको ५ दिनपछि स्थानीयको समन्वयमा मानव सेवा आश्रमले उद्धार गरेको छ ।शम्भुनाथ नगरपालिका–३ मा जन्माष्टमीको दिन मानसिक सन्तुलन गुमाएकी र बोल्न समेत नसक्ने ३५ वर्षीय महिलाले सडकमै शिशु जन्माएकी थिइन् । शिशु जन्माएको ५ दिनसम्म सडकमै बिताएकी महिलाको उद्धार गरिएको आश्रमका प्रतिनिधि निरज पटेलले रातोपाटीलाई जानकारी दिए ।महिला र शिशुलाई शम्भुनाथ मन्दिरको प्राङ्गणबाट उद्धार गरि मानव सेवा आश्रममा राखिएको छ ।सप्तरी राजविराजबाट ती महिला मानसिक