सँगै मदिरा पिएर साथीको हत्या, ३ जना पक्राउ

तनहुँको शुक्लागण्डकी नगरपालिकामा युवकको हत्या भएको छ । शनिवार साँझ शुक्लागण्डकी नगरपालिका–५ गल्छिना बस्ने २९ वर्षीय विशाल ढुङ्गानाको हत्या भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले रातोपाटीलाई बताए ।हत्यामा संलग्न आरोपमा तनहुँ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३८ वर्षीय विमल सुनार, सोही नगरपालिका–८ बस्ने २५ वर्षीय सुशील बिक र सोही नगरपालिका–३ बस्ने ४७ वर्षीय होम बहादुर बिक छन् ।मृतक ढुङ्गाना र आरोपीहरू साथी ह