झापा : दक्षिणी झापाको कचनकवल गाउँपालिकाका स्थानीयवासीले ट्राफिक प्रहरीको माग गरेका छन्।भारतीय सीमा नाकासँग जोडिएको कचनकवलमा चालकको लापरबाहीले दुर्घटना बढेको भन्दै स्थानीयवासीले उक्त क्षेत्रमा ट्राफिक प्रहरीको माग गरेका हुन्। कचनकवल– ६ स्थित बनियानी चोकमा ट्राफिक प्रहरी बिट राख्नुपर्ने माग गर्दै सय जनाभन्दा बढी स्थानीयले हस्ताक्षर गरेको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला प्रहरी कार्यालय झापामा बुझाइसकेका छन्। गाउँपालिकाको मुख्य सडकभित्र दैनिक अनधिकृत सवारीसाधन सञ्चाल