त्रिशूली थ्री 'बी' आयोजना डेढ वर्षमा सक्न चिनियाँ कम्पनी सहमत, जनवरीभित्रै फुलफ्लेजमा काम हुने - BIZMANDU

काठमाडौं। ३७ मेगावाटको त्रिशूली थ्री ‘बी’ जलविद्युत आयोजाना डेढ वर्षमा निर्माण सक्न चिनियाँ कम्पनी सहमत भएका छन्। गत साता त्रिशूली जलविद्युत कम्पनी लिमिटेड र ठेकेदार कम्पनीबीच भएको मिटिङमा उनीहरु सहमत भएका हुन्। कम्पनी अध्यक्ष तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा जुम मिटिङ भएको थियो। यो आयोजनाको चिनियाँ कम्पनी स्वीफा एएनएचई ग्रुप कम्पनी […]

सम्बन्धित सामग्री

माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको ठेक्का प्राधिकरणले तोड्यो

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको निर्माणकर्तासँग ठेक्का तोडेको छ । आयोजना निर्माणमा चरम ढिलाइ र लापरवाही गरेको भन्दै प्राधिकरणको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत कम्पनीले चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुपसँगको ठेक्का सम्झौता तोडेको हो । रसुवा र नुवाकोटमा निर्माणाधीन उक्त आयोजनाको करिब ६६ प्रतिशत काम सकिएको छ […]

मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका अनुसार भौतिक प्रगति ९५ प्रतिशत बराबर सकिएकोले आगामी असारभित्र सक्ने लक्ष्यका साथ अगाडि बढाइएको छ । योजनाको बाँध, बालुवा थिग्र्याउने पोखरीलगायतका मुख्य संरचनाको निर्माण सम्पन्न भएको छ । हाल सो अयोजना निर्माणाधीन क्षेत्रको पर्खाल निर्माण एवं अन्य सुरक्षाका कार्य भइरहेको छ ।  कूल ७.२ किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी हाल कङ्क्रिट लाइनिङको काम भइरहेको छ ।      विद्युत्गृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वाइन, जेनेरेटर, नियन्त्रण कक्षका उपकरण जडान भइरहेको छ । विद्युत्गृहबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर लामो दुई सय २० केभी प्रसारण लाइनका टावरहरु निर्माण सम्पन्न भएको छ । त्यसको तार तान्न बाँकी छ । विसं २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल भारत सीमानाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, २०७७ असारमा निर्माणस्थल भोटेकोसी नदी एवं आसपासका क्षेत्रमा आएको बाढी–पहिरो र कोभिड–१९को महामारीको चपेटामा आयोजना परेको थियो ।  प्राकृतिक विपत्ति र सिभिल एण्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यासम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको थियो तर, करिब दुई वर्षको अवधिमा ठेकेदार कम्पनीले उत्साहजनकरुपमा काम गरी आयोजनालाई निर्माण सम्पन्न हुने अवस्थामा पुर्‍याएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । कार्यकारी निर्देशक घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजनाको प्रर्वद्धक मध्य भोटेकोशी जलविद्युत् कम्पनीका अध्यक्ष सुभाषकुमार मिश्र, प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल सिवाकोटीसहितको टोलीले निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको छ । टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनी र परामर्शदातासँग छलफल गरी आगामी चार महिनाभित्र सम्पन्न गर्ने गरी बाँकी रहेका कामलाई तिब्रता दिन निर्देशन दिएको छ ।  घिसिङले प्राकृतिक प्रकोपको चपेटामा परेर करिब बन्दको अवस्थामा पुगिसकेको आयोजनाको हालको निर्माण प्रगति सन्तोषजनक देखिएको बताए। कम्पनीका सिइओ सिवाकोटीले ठेकेदार कम्पनीको कार्यसम्पादनमा सुधार आएकाले आगामी असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखी सोहीबमोजिम एकीकृत तालिका बनाएर काम भइरहेको उल्लेख गरे।   ठेकेदार कम्पनीका प्रतिनिधिले कुनै समस्या नआएमा तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने काम गरिरहेको बताएका थिए । आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरीद र निर्माण (इपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो । इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिज हाइड्रोले गरिरहेको छ । आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक रु १२ अर्ब २८ करोड ३३ लाख रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक रु १५ अर्ब तीन करोड दुई लाख छ । निर्माणाधीन आयोजनाको सुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ । कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक सेयरधनीमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेण्ट कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावरको समान एक/एक एक प्रतिशत शेयर रहेको छ । कुल  ४९ प्रतिशत साधारण शेयरधनी समूहमा  कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९ दशमलव पाँच, संस्थापक सङ्गठित संस्थाका कर्मचारीको तीन दशमलव पाँच, ऋणदाता संस्थाका कर्मचारीको एक, सिन्धुपाल्चोकवासीको १० र सर्वसाधारणको १५ प्रतिशत सेयर रहेका छन् । कम्पनीले साधारण शेयर निष्कासन गरी रकम सङ्कलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ता १० लाख ७५ हजार छन् ।  आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु. ८.४० र ४.८० मा खरीद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक रु. २ अर्ब ८० करोड आम्दानी हुनेछ ।  रासस

आयोजना अलपत्र पार्ने चिनियाँसहित १० निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

सार्वजनिक खरिद अनुगमन कार्यालयले आयोजना अलपत्र पार्ने १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै समयमा काम नसक्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।१० कम्पनीमध्ये ६ वटा कम्पनीलाई १–१ वर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै, एउटा कम्पनी साढे २ वर्षका लागि र बाँकी ३ वटा कम्पनी ३ वर्षका लागि कालोसूचीमा परेका हुन् । यो सूचीमा २ वटा चिनियाँ कम्पनी समेत परेका छन् ।

भेरी–बबई डाइभर्सन आयोजना : लक्ष्य चुम्न ३ सिफ्टमा काम हुँदै

चैत ६, सुर्खेत । भेरी–बबई डाइभर्सन आयोजनाले निर्माण कार्यलाई तीव्रत्तर गतिले अघि बढाएको छ । नेपालमै पहिलो पटक विशेष प्रविधियुक्त सुरुङ (टीबीएम) टनेल बोरिङ मेशिनको प्रयोग गरिएको आयोजनामा अहिले लक्ष्य चुम्न तीन ओटा सिफ्टमा काम द्रुत गतिमा भइरहेको छ । भेरी नदीको पानी बबई नदीमा खसालेर सिंचाइ र विद्युत् उत्पादन गर्ने उक्त आयोजनाको उद्देश्य छ ।  पहिलो चरणमा उत्साहजनक काम गरेको आयोजनाले दोस्रो चरणमा कोभिड महामारी, बन्द हड्ताल जस्ता कारणले केही ढिलाइ भएपनि अहिले बाँधस्थलसँगै पावरहाउस निर्माण कार्यलाई तीव्र पारेको छ ।  आयोजनाले हाइड्रोमेकानिकल (एचएम) सम्बन्धी काम चीनको ज्हेजियाङ ओरिएन्ट इञ्जिनीयरिङ कम्पनीसँग २ अर्ब १३ करोड ७४ लाख ९३ हजार ९१६ रुपैयाँमा सम्झौता गरिएसँगै निर्माण कार्यले तीव्रता दिएको छ । सिभिलअन्तर्गत हेडवर्क्स, विद्युत् गृह र सर्ज साफ्टको काम तीन सिफ्टमा भइरहेको आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इञ्जिनीयर लेखनाथ सुवेदीले जानकारी दिए ।  उनले इलेक्ट्रोमेकानिकल (ईएम) तर्फको टेण्डर भएर अब छिट्टै निर्माण प्रक्रियामा जाने तयारी भएको बताए । ‘पानी डाइभर्ट गरेर मुख्य बाँधस्थलमा ढलान गरी बबईको हात्तीखालमा पावर हाउसको जग खन्ने काम र स्लोप प्रोटेक्सनसाथै सर्ज साफ्ट निर्माणसँगै पाईलिङ्ग कार्यलाई  तीव्रता दिएका छौं,’ उनले भने, ‘तोकिएकै समय अघि जतिसक्दो छिटो सक्न रातदिन नरोकी तीन सिफ्टमा निर्माण कार्य अघि बढाईरहेका छौं ।’  उनले आयोजनाको ३६ अर्ब ८० करोड ७७ लाख रुपैयाँ लागतमध्ये हालसम्म १४ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ खर्च भइसकेको बताए । उनका अनुसार आयोजनाको हालसम्म वित्तीय प्रगति ४५ तथा भौतिक प्रगति ५३ दशमलव ५ प्रतिशत हासिल भएको छ । सरकारले आयोजनाका लागि चालू आवमा विनियोजन गरेको बजेट ३ अर्ब ६ करोड ८३ लाख रुपैयाँमध्ये  करीब ५६ रुपैयाँ खर्च भएको उनले जानकारी दिए । यसअघि आयोजनाको दोस्रो चरणका मुख्य काम बाँध र विद्युत् गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजना बीच २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । कम्पनीले दोस्रो चरणका सबै काम आर्थिक वर्ष २०७९/ ०८० मा सक्ने कार्यादेश पाएको छ ।  सरकारले आर्थिक वर्ष २०६८/ ६९ मा भेरी बबई डाइभर्सन आयोजनालाई राष्ट्रिय गौरवमा सूचीकृत गर्दै १० वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । हालसम्म समष्टिगतरुपमा अन्य राष्ट्रिय गौरवका आयोजनाको तुलनामा भेरी–बबई डाइभर्सनको प्रगति उत्साहजनक देखिन्छ । सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी - बबई डाइभर्सन जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिंचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ । आन्तरिक स्रोतबाट विद्युत् र सिंचाई पुर्‍याउने उद्देश्यले निर्माण गर्न लागेको यो नेपालकै पहिलो बहुउद्देश्यीय आयोजना हो । यो आयोजना सफल भएमा थप यस्तै प्रकृतिका सात ओटा आयोजना बनाउने सरकारले घोषणा गरिसकेको छ ।

मेलम्ची खानेपानी : ठूला ढुंगाले काममा कठिनाइ, सुरुङ भेट्टाउन अझै १५ दिन लाग्ने

काठमाडौं : बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मर्मत यतिखेर चिनियाँ कम्पनी सिनो हाइड्रोले धमाधम मर्मत गरिरहेको छ। आयोजनाका अनुसार अहिले बाढीले पुरिएको गेग्य्रान निकालिँदै छ। तर, गेग्य्रान र माटो निकाल्दै गर्दा ठूला ढुंगा निस्किएपछि काम गर्न कठिन भएको छ।आयोजना प्रमुख वासुदेव पौडेलले त्यस्ता ठूला ढुंगा विस्फोट गरेर फुटाइरहेको जानकारी दिए। ‘पुरिएको टनेलको माथिल्लो भागकाे लेदो सबै हटाएपछि टनेल देखिएकाे छ,’ उनले भने, ‘अब टनेल खन्ने हो, खन्दै गर्दा

पश्चिम सेती जलविद्युत : चिनियाँले छाडेको ३ वर्षपछि बल्ल अध्ययन

धनगढी : सरकारले लगानी बोर्डमार्फत पश्चिम सेती तथा एसआर–६ जलविद्युत आयोजना निर्माण अघि बढाउने निर्णय गरेको छ। निर्णयपछि आइतबार पहिलो पटक १५ सदस्यीय सरकारी टोली पश्चिम सेती आयोजनास्थल पुगेको छ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट सहितको टोलीले ६ महिनाभित्र दुवै आयोजना अध्ययन गरी दृष्टिकोणसहित सरकारलाई प्रतिवेदन बुझाउने जनाएको छ।चिनियाँ कम्पनी थ्रि गर्जेजले ०७५ भदौमा पश्चिम सेती आयोजनाबाट हात झिकेपछि आयो