बलेवा, २३ जेठ । बागलुङ जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभाले अलपत्र परेका मुख्य आयोजना तत्काल पूरा गर्न सङ्घीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । सभाले मध्यपहाडी लोकमार्गसहित रणनीतिक सडक, अस्पताल, स्वास्थ्यचौकी जस्ता करोडौँका आयोजना समयमा नसक्दा जनताले सास्ती खेप्नुपरेकाले समयमै पूरा गर्न आग्रह गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख अमर थापाका अनुसार […]