महोत्तरीको पिपरा गाउँपालिकामा जसपा विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् । जसपाका उम्मेदवार रामजानकी यादव ५ हजार ५८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालका अमित कुमार पाण्डेयले २ हजार ९७७ मत ल्याएका छन् ।त्यस्तै उपाध्यक्षमा जसपा नेपालकी बन्दना पाण्डेय निर्वाचित भएकी छन् । उनले ५ हजार ४० मत ल्याइन भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी रविता कुमारीले ३ हजार ६२३ मत ल्याएकी छन् । भने एमालेकी नानु कुमारी दासले २ हजार ३४३, नेपाली का