भविष्य खोज्दै महिला खेलाडी

पाल्पा डुमीसरा सारु जनता मावि निस्दी गाउँपालिका–५ ढुङ्गानाबेँसीमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । उहाँको भलिबल खेलमा औधी रुचि छ । भविष्यमा राम्रो खेलाडी बन्ने धोको भए पनि खेल्ने वातावरण नहुँदा सारु निरास हुनुहुन्छ । स्थानीय तथा विद्यलायस्तरमा हुने विभिन्न खेल प्रतियोगितामा सरिक हुने उहाँ सामान्यतया पूर्वाधार अभावले खेलाडीलाई खेल्ने वातावरण नभएकोमा चिन्तित हुनुहुन्छ । …