एमाले उपाध्यक्ष पाण्डेले गरे मतदान

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पूर्वी चितवनको राप्ती नगरपालिका– ५ को मतदान केन्द्रमा मतदान गरेका छन् । देशैभर शुक्रबार एकैसाथ भइरहेको स्थानीय तह निर्वाचनमा एमालेका उपाध्यक्ष पाण्डेले राप्ती नगरपालिका ५ स्थित भण्डारा अस्पतालको मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानको लागी पाण्डे केही दिन अगाडिदेखि नै चितवनमा आएर बसेका थिए ।

सम्बन्धित सामग्री

एमाले उपाध्यक्ष विष्णु पौडेलद्वारा मतदान

बुटवल- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मतदान गरेका छन् । बुटवल–८ मा रहेको डिभिजन सडक कार्यालय परिसरस्थित हेभी इक्वीपमेन्टमा रहेको मतदान केन्द्रमा पौडेलले बिहान साढे १० बजे मतदान गरेका हुन् । मतदानपछि पौडेलले निर्वाचन लोकतन्त्रको उत्तम अभ्यास रहेको बताए । उनले यो निर्वाचनबाट एमालेले राम्रो नतिजा ल्याउने बताए । पौडेलले एमालेले हारे देशले हार्ने पनि […]

एमाले उपाध्यक्ष पौडेलले गरे मतदान

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले वुटवल–८ स्थित सडक डिभिजन कम्पाण्डमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । पौडेल प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि हुन् ।

एमाले उपाध्यक्ष पाण्डेले गरे मतदान

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले चितवनस्थित राप्ति–५, भण्डारा अस्पताल मतदान केन्द्रबाट मतदान गरेका छन् । पाण्डे चितवन १ बाट एमालेको प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका छन् ।

पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पाण्डेले गरे मतदान

चितवन – नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पूर्वी चितवनको राप्ती नगरपालिका-५ को मतदान केन्द्रमा मतदान गरेका छन् । देशैभर शुक्रबार एकैसाथ भइरहेको स्थानीय तह निर्वाचनमा एमालेका उपाध्यक्ष पाण्डेले राप्ती नगरपालिका ५ स्थित भण्डारा अस्पतालको मतदान केन्द्रबाट मतदान गरेका हुन्। मतदानको लागी पाण्डे केही दिन अगाडिदेखि नै चितवनमा आएर बसेका थिए ।

बुटवल पुगेर एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे मतदान

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष बिष्णुप्रसाद पौडेलले बुटवल पुगेर मतदान गरेका छन्। स्थानीय तहको निर्वाचन २०७९ का लागि शुक्रबार बुटवल उपमहानगरपालिका वार्ड नम्बर ८ स्थित मतदान केन्द्रमा पुगेर पौडेलले मतदान गरेका हुन्।

एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे बुटवलबाट मतदान

रुपन्देहीमा आज बिहान सात बजेबाट मतदान शुरु भएको छ । यहाँका सबै ७ सय मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान शुरु भएको रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्या भण्डारीले बताए  । मतदानमा...

एमाले महाधिवेशन : ११ सयले गरे मतदान

काठमाडौं : नेकपा (एमाले)को चितवनमा जारी महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ। बिहान ४ बजेदेखि जारी मतदानमा मंगलबार ८ बजेसम्म बजेसम्म करिब आधा अर्थात् ११ सयभन्दा बढीले मतदान गरिसकेका छन्।एक पटकमा ६९ जनाले भोटिङ मेसिनमार्फत भोट हाल्न सक्ने व्यवस्था गरिएको छ। अध्यक्षसहित उपाध्यक्ष, सचिव र केही केन्द्रीय सदस्यका लागि मतदान जारी छ।एमालेमा २ हजार १७५ प्रतिनिधि रहेका छन्।

एमाले नेतृत्व चयनका लागि मतदान (फोटो फिचर)

चितवन : नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ। सहमतिको प्रयास असफल भएपछि आइतबार राति ४ बजेदेखि मतदान सुरू भएको हो।अध्यक्ष, उपाध्यक्ष, सचिव र १२६ केन्द्रीय सदस्य पदका लागि चुनाव भइरहेको छ। भोटिङ सेसनमार्फत भोट हाल्न हाल्न सकिन व्यवस्था गरिएको छ। एक पटकमा ६९ जनाले भोट गर्न सकिने जनाइएको छ।