गर्मीयाम शरू भएसँगै राजधानीमा आगलागीका घटना बढ्न थालेका छन्। यो महिनामा मात्र ६ स्थानमा आगलागी भएको छ। अधिकांश घटना चुरोटको ठुटोका कारण भएको छ। वैशाख १ देखि अहिलेसम्म ६ स्थानमा आगलागी भएको जानकारी दिँदै दमकल कार्यालय काठमाडौंका प्रमुख चन्दन श्रेष्ठले भने, 'हिजो बुधबार हल्चोकको पश्चिमी जंगल र त्रिभुवन विश्वविद्यालयको गेट नजिक भाडीमा आगालागी भएको थियो।वैशाख २ गते नागार्जुन जंगलमा, ४ गते तार्केश्वर नगरपालिकास्थित शान्तिधाम नजिकैको जंगलमा, १३ गते म्हेपी मन्दिरको जंगल र चोभारको जंगलमा आगलागी भएको