नबिल बैंक र युनाइटेड फाइनान्सको एकिकृत कारोबार आजदेखि हुने

काठमाडौं, २७ असार । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपछि पहिलोपटक दुई कम्पनीको एकीकृत कारोबार असार २७ गते (आज) देखि सुरु गर्ने भएको छ । दुबै कम्पनीको असार ५ गते सम्पन्न छुट्टा छुट्टै विशेष सभाबाट वार्षिक साधारण सभाबाट प्राप्ति गर्ने प्रस्ताव पारित गरेका थिए । भर्चुअल माध्यमबाट आयोजित सभाले युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको मुल्यांकन […]

सम्बन्धित सामग्री

युनाइटेड फाइनान्स प्राप्तिपछि नबिल बैंकले सुरु गर्‍यो एकीकृत कारोबार

काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्स प्राप्तिपछि एकीकृत कारोबार सुरु गरेको छ । नबिल बैंक तथा युनाइटेड फाइनान्स अध्यक्ष उपेन्द्र पौड्याल र बसन्त कुमार चौधरीले एकीकृत कारोबारको सुभारम्भ गरे । पौड्यालले नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए । "यो प्राप्तीले नबिल बैंकको आगामी...

युनाइटेड फाइनान्सलाई प्राप्ति गर्दै नबिल बैंक, १०० : ३५ शेयर स्वाप रेसियो

वैशाख ७, काठमाडौं । नंिबल बैंकले युनाइटेड फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने भएको छ । शुक्रवार नबिल बैंक र युनाइटेड फाइनान्स बिच प्राप्ति सम्बन्धि  सम्झौता भएको हो ।  नबिल बैंकले युनाइटेड फाइनान्सलाई १०० कित्ता शेयर बराबर ३५ कित्ता शेयर आदान प्रदान गर्ने गरी प्राप्ति गर्न लागेको जानकारी दिएको छ । यस आधारमा युनाइटेड फाइनान्सको १०० कित्ता शेयर हुने शेयरधनीहरुले नबिल बैंकको ३५ कित्ता शेयर प्राप्त गर्नेछन् ।  एनसीसी बैंक र नेपाल बंगलादेश बैंकसँग मर्जरको हल्ला चलिरहेको अवस्थामा नबिल बैंकले शुक्रवार युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक प्रकृया अघि बढाएको हो ।  हाल नबिल बैंकको चुक्तापूँजी रू. १३ अर्ब ४८ करोड १ लाख ५९ हजार रहेको छ भने युनाइटेड फाइनान्सको रू. १ अर्ब ४ करोड ८ लाख ३४ हजार छ । प्राप्ति पश्चात नबिलको चुक्तापूँजी रू. १४ अर्ब ५२ करोड ९ लाख ९३ हजार पुग्नेछ ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंक लिमिटेडको वितरण योग्य नाफा रू. ३ अर्ब ८० करोड २४ लाख ९५ हजार रहेको छ । बैंकले यस वर्ष रू. ३ अर्ब १५ करोड ८६ लाख ८६ हजार खुद नाफा गरेको छ ।  रिटर्न अर्निङ सहित बैंकको जगेडा कोष रकम रू. १७ अर्ब ५२ करोड ६८ लाख  ३० हजार रहेको छ । यस वर्ष रू. २ खर्ब ८ अर्ब ३३ करोड ३८ लाख १८ हजार निक्षेप संकलन गरेको नबिल बैंकले रू. १ खर्ब ८६ अर्ब १९ करोड ३१ लाख ९८ हजार कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ६३ प्रतिशत रहेकोमा यस वर्ष शून्य दशमलव ४८ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. ३६ दशमलव ४० रहेको छ ।  त्यस्तै, तेस्रो त्रैमाससम्म युनाइटेड फाइनान्सको वितरण योग्य नाफा रू. ४ करोड ७३ लाख ५४ हजार रहेको छ । उक्त अवधिसम्म यस कम्पनीले रू. ८ करोड १६ लाख ५९ हजार खुद नाफा गरेको छ ।  युनाइटेड फाइनान्सको शेयर प्रिमियम रकम रू. १५ करोड ८६ लाख ८४ हजार, रिटर्न अर्निङ रू. १६ करोड ६८ लाख ६१ हजार र रिजर्भ रू. २९ करोड ३६ लाख ३९ हजार रहेको छ ।  कम्पनीले तेस्रो त्रैमाससम्म रू. ८ अर्ब ३७ करोड ४४ लाख ६९ हजार निक्षेप संकलन गरेको छ भने रू. ५ अर्ब ६३ करोड ५९ लाख ५२ हजार रहेको छ । प्रतिशेयर आम्दानी रू. १० दशमलव ४६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव ४९ रहेको छ ।