नर्भिक अस्पताललाई २४ घण्टाभित्र टहरा हटाउन बालेन शाहको निर्देशन

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित नर्भिक अस्पताललाई २४ घण्टाभित्र  सरकारसँग लिजमा लिएको जग्गामा बनाइएका टहरा हटाउन निर्देशन दिएको छ ।महानगरपालिका मेयर बालेन्द्र साहले सरकारको नाममा दर्ता कायम रहेको जग्गामा सम्झौता विपरित नक्सा पास नगरी घर टहरा बनाएको भन्दै २४ घण्टाभित्र हटाउन निर्देशन दिएका हुन् ।शहरी व्यवस्थापन विभागका विभागीय प्रमुख सुरज शाक्यको हस्ताक्षरित पत्रमा अन्यथा नियमानुसार कारबाही गर्ने उल्लेख छ ।

सम्बन्धित सामग्री

घाइते नगर प्रहरीको अवस्था बुझ्न नर्भिक अस्पताल पुगे बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल सोमबार साँझ नर्भिक अस्पतालमा पुगेका छन् ।  थापाथलीको सुकुम्बासी बस्तीका घर टहरा भत्काउने क्रममा झडप हुँदा घाइते भई उपचार गराइरहेका महानगरका प्रहरीहरूको स्वास्थ्य अवस्था बुझ्न मेयर शाह र उपमेयर डंगोल छुट्टाछुट्टै समयमा नर्भिक पुगेका हुन् । सुरुमा साँझ करिब ७ः ४० बजेतिर पुगेका बालेन्द्र शाहले त्यहाँ उपचाररत घाइतेहरूको अवस्थाको विषयमा चिकित्सकसँग ब्रिफिङ लिएका थिए । सो क्रममा नर्भिक अस्पतालका इमर्जेन्सी इन्चार्ज तथा डेपुटी