देशभरको मौसम आज आंशिकदेखि सामान्य बदली हुने

काठमाडौं । आज देशभरको मौसम आंशिक देखि सामान्य बदली रहने छ । सुदुरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भू–भागमा भने सामान्य देखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बाँकी प्रदेशका भू–भागमा पनि सामान्य बदली रहने छ । त्यस्तै , तराईका भू–भागका केही स्थानमा भने हुस्सुरकुहिरो लाग्ने महाशाखाले जनाएको छ ।