यस चुनावपछि मधेस आश्रित दलहरूको अस्तित्व संकटमा छ ः विश्लेषक चन्द्र किशोर (भिडियो)

लेखक तथा विश्लेषक चन्द्र किशोरले यस चुनावपछि मधेसकेन्द्रित दल (उनको भाषामा मधेस आश्रित दल)हरूको अस्तित्व संकटमा पर्ने बताएका छन् । यसपालिको निर्वाचन सिट जित्नमा मात्रै केन्द्रित रहेको र पार्टीहरूले जनताका मुद्दा छाडेको उनको विश्लेषण छ । शनिबार रातोपाटी टिमसँग भएको भिडियो अन्तर्वार्तामा उनले भने, ‘मुद्दाहरू हामीले अखबारमा मात्रै देख्छौँ, यसपालि भुइँमान्छेका अप्ठेरा र असजिलाहरू चुनावी मुद्दा बन्न सकेका छैनन् ।’ यो प्रवृत्ति वा कमजोरी देशका सबै पार्टीमा देखिएको उनको भनाइ छ । अहिले