काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रिय हुँदा कुनै पनि सदस्यले पार्टीको नाम, झण्डा वा कुनै प्रकारको सङ्केत प्रयोग नगर्न निर्देशन दिएको छ । पार्टीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । भूकम्प प्रभावितको राहत तथा उद्धारमा […]
वि.सं. २०७९ कात्तिक २३ गते बिहान २ बजेर १२ जाँदा पश्चिम नेपाल डोटीको खप्तड राष्ट्रिय निकुन्जको खप्तडबाबा आश्रम आसपास केन्द्रबिन्दु भएको ६.६ रेक्टर स्केलको भूकम्प गयो। जसको धक्का कर्णाली र लुम्बिनी प्रदेशसम्म अनुभव गरिएका समाचार आए। त्यसअघि कात्तिक २२ गते राति ९ बजेर ७ मिनेट र ९ बजेर ५६ मिनेटमा सोही क्षेत्र आसपास केन्द्रबिन्दु भएको क्रमशः ५.७ र ४.१ रेक्टर स्केलका भूकम्प गएको थियो। यी भूकम्पले त्यस क्षेत्र आसपासमा केही क्षति र हताहती भएको समाचार आएका छन्।
‘हामीले साझा संकल्प गर्यौँ भने धूलो टकटक्याउँदै फेरि उठ्ने छ धरहरा ।’(११ जेठ २०७२, नयाँ पत्रिका )यो भनाइको अर्थ लाक्षणिक होला शायद । भग्न धरहरालाई यहाँ एउटा प्रतीकका रुपमा प्रस्तुत गर्न खोजिएको छ । त्यसैले धूलो टक्टक्याउँदै धरहरा उठ्ने प्रसङ्ग भग्नावशेषबाट जीवन उठ्ने कुराको पनि सङ्केत होला शायद ।नयाँ पत्रिकाको पहिलो पातोमा यो भनाइको छेवैमा धरहराको भव्य तस्बीर छ । यो हिजोको धरहरा हो । भूकम्पले धूलिसात् गर्नुअघिको धरहरा । अनि भोलिको धरहरा ? भोलिको धरहरा नयाँ पत्रिकाको ‘ग¥
गत २०७९ कात्तिक २३ गते पश्चिम नेपालको डोटी जिल्लाको खप्तडबाबा आश्रम आसपास केन्द्रबिन्दु भएको ६.६ रेक्टर स्केलको भूकम्प गयो । त्यसका करिब ७९६ परकम्प रेकर्ड भए । सो भूकम्पबाट छ जनाको मृत्यु भयो । त्यसैगरी माघ १० गते बाजुरा जिल्लाको विछिया आसपास ५.९ रेक्टर स्केलको भूकम्प गयो । त्यसका करिब १२६ परकम्प रेकर्ड भए । सो भूकम्पका कारण एक जनाको मृत्यु भयो । पुनः बाजुरा जिल्लाको सोही क्षेत्र आसपास फागुन १० गते ५.२ रेक्टर स्केलको भूकम्प गयो । यी भूकम्पका धक्का भारतका विभिन्न स्थानलगायत राजधानी नयाँदिल्लीसम्म महसुस गरिएको थियो । यी भूकम्पले डोटी, बाजुरा र बझाङमा सयौँ घर भत्किएको समाचार आए ।