२ वटा प्रश्नको जवाफपछि जबरासँगको दोस्रो दिनको बयान सकियो, अर्को बैठक १९ गते बस्ने

काठमाण्डाै – महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्रशम्शेर जबरासँगको दोस्रो दिनको बयान सकिएको छ । हिजो बुधवार चार वटा प्रश्नको जवाफ दिएका राणाले आज बिहीवार दुई वटा प्रश्नको जवाफ दिनुभएको छ । अब उहाँको बयान लिने क्रम १९ गतेसम्म स्थगित भएको समितिका सभापति रामबहादुर विष्टले जानकारी दिनुभयो । उहाँलाई १९ गते आइतवार ११ बजे पुनः समितिमा बोलाइएको छ । निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको छ । बयानको पहिलो दिन हिजो ४३ प्रश्नमध्ये चार प्रश्नमा मात्रै ...