राष्ट्रिय जनता पार्टी नेपालले मधेश आन्दोलनमा मारिएकाका परिवारलाई ५०–५० लाख रुपैयाँ दिने घोषणा गरेको छ। महोत्तरीको जलेश्वरमा पार्टीको घोषणापत्र सार्वजनिक गर्दै राजपाले मधेश आन्दोलनका सम्पूर्ण सहिदलाई प्रति परिवार ५०–५० लाख दिने घोषणा गरेको हो। घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै राजपा नेता राजेन्द्र महतोले दुई नम्बर प्रदेशमा राजपा–फोरम गठबन्धनको सरकार बन्ने दाबी गरे। 'मधेश प्रदेशको सरकारले सहिद…