संखुवासभा सामुहिक हत्या : अनुसन्धान नसकिँदै घटना तोडमोड पार्ने गीत

काठमाडौंः युट्युब ट्रेण्डिङ नम्बर एकमा 'जति सम्झ्यो उति मन रुन्छ' बोलको गीत छ। प्रेमसागर पौडेलको परिकल्पना तथा शब्द रहेको गीतलाई दुई हप्ताअघि संखुवासभामा भएको हत्या प्रकरणमा आधारित भनिएको छ। जहाँ एकै परिवारका ६ सदस्यको विभत्स ढंगले हत्या गरिएको थियो।अनुसन्धानको क्रममा प्रहरीले सबैभन्दा पहिले मृतकका भतिज पर्ने लोक बहादुरलाई दोषी पायो। प्रहरीको अनुसन्धान अझै जारी नै छ। लोक बहादुरलाई नै दोषी देखाएर एक हप्ताअघि उक्त गीत सार्वजनिक भयो। जसलाई सत्य घटनामा आधारित भनेर प्रचार पनि गरियो।

सम्बन्धित सामग्री

संखुवासभा सामूहिक हत्या : ६ जनाकै टाउकोमा चोट

संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा सामुहिक हत्या गरिएका ६ जनाको ‘लाश जाँच प्रकृति मुचुल्का’ गरिएको छ । प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेर घटनास्थलको अनुसन्धान गरेको थियो ।सोमबार मृत फेला परेका मादी–१ उम्लिङका ५२ वर्षीय तेजबहादुर कार्कि समेत ६ जनाको टाउकोमा चोट देखिएको छ । संघिय प्रहरी इकाइ कार्यालय धरानबाट घटनास्थलमा खटिएका प्रहरी उपरिक्षक (एसपी) भिम दाहालले रातोपाटीसँग भने–‘सवैको टाउकोमा चोट देखिएको छ ।’ ह्यामर जस्ता गह्रौं वस्तुले हिर्क