लामो छलफलपछि नेकपा एमाले तिलोत्तमा नगर कमिटीको अध्यक्षमा तामानाथ पाण्डे चयन भएका छन् ।
मंगलवारदेखि शुरू भएको अधिवेशनमा नेतृत्वका आंकाक्षीहरू धेरै भएपछि बुधवार विहानैदेखि आन्तरिक छलफलमा रहेको एमालेले सहमतिमै नेतृत्व टुंग्याउन सफल भएको हो ।
उपाध्यक्षमा नेत्र वन, सचिवमा मिनप्रसाद पोखरेल तथा २ वटा उपसचिव पदमा गणेश उपाध्याय र संगीता गुरुङ चयन भएका एमाले रुपन्देहीका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए ।
यससँगै रुपन्देहीका १३ वटा पालिकामा नेतृत्वको टुंगो लागेको छ ।