दैलेख । लगातार परेको बर्षासंगै चिनेखोलामा आएको बाढीले आठविस नगरपालिका–१ सात्तलाका किसानको खेत बगरमा परिणत भएको छ । असार १४ मा परेको पानी सँगै चिने खोलामा आएको बाढीले १०९ जना किसानले रोपेको धान बगाउँदा चिनेजिउला खेत बगरमा परिणत भएको हो । रोपेको खेतमा रोपो छैन,बालुवा ढुंगा मात्र छ । खोला होकी खेत ठम्याउन गाह्रो छ …