प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । लामिछाने ४९ हजार २ सय ६१ मत सहित विजयी भएका हुन्।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत मात्र पाए भने नेकपा एमालेका कृष्ण भक्त पोखरेलले १४ हजार ६ सय ४९ मत पाए । यस हिसाबमा रवि लामिछाने ३४ हजार १ सय ६२ मतको मतान्तरले विजयी भएका छन् ।यस सँगै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा ६ सिट जितेको छ भने अझै ३ स्थानमा पार्टीको अग्रता कायम छ ।