काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीको उपस्थिति नयाँ ढंगबाट हुनुपर्ने बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेस चितवनले मंगलबार संस्थापक अध्यक्ष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको विचार गोष्ठीमा उनले यस्तो बताएका हुन्। ‘गठबन्धनको सरकारमा कांग्रेसको उपस्थिति अलिकति नयाँ ढंगबाट हुन जरुरी छ। […]