सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संंसद् प्रतिनिधिसभाअन्र्तगतका समिति सभापतिसँग समितिमा रहेका विधेयकको अवस्था र गरेका काम कारवाहीबारे जानकारी लिएका छन् । उनले आफ्नै कार्यकक्षमा सभापतिहरुसँग संयुक्त बैठक आयोजना गरी संसद् पुनःस्थापना भइसकेको अवस्थामा समितिमा रहेका विधेयकको अवस्था र कामकारवाहीबारे जानकारी लिएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।
प्रतिनिधिसभा मातहत १० वटा विषयगत समिति छन् । संसद्को हिउँदे अधिवेशन विधेयक अधिवेशनका रुपमा रहने गर्छ । यसअघि सभामुख र समितिका सभापतिबीचको ...