अफगानिस्तानमा मिनीभ्यानमा बम विस्फोट, सातको मृत्यु

एजेन्सी। अफगानिस्तानको राजधानी काबुलमा शनिबार दुई स्थानमा मिनीभ्यानमा गरिएको बम विस्फोटमा कम्तीमा सातजनाको मृत्यु भएको छ। विस्फोट सिया बहुल क्षेत्रमा भएको त्यहाँको गृह मन्त्रालयले बताएको छ। दुई मिनीभ्यानको दूरी करिब दुई किलोमिटर थियो। विस्फोटको जिम्मेवारी कसैले लिएको छैन। यसै महिनाको सुरुवातमा इस्लामिक स्टेट नामक संगठनले चार मिनीभ्यानमा गराएको विस्फोटमा १८ जनाको मृत्यु भएको थियो।

सम्बन्धित सामग्री

सोमालियामा बम आक्रमणबाट सातको मृत्यु, नौ जना घाइते

१० असोज : सोमालियाको राजधानी मोगादिसुमा भएको बम आक्रमणमा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । साथै सो आक्रमणबाट अरु नौ जना घाइते भएका बताइएको छ । उक्त बम विस्फोट भएको स्थान मोगादिसुस्थित राष्ट्रपति कार्यालयनजिक रहेको बताइएको छ । शनिबार सो बम आक्रमण भएको प्रहरीले जनाएको छ । यहाँका एकजना प्रहरी अधिकारीले प्रहरी […]