एजेन्सी – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा बराबरीमा रोकिएको छ । नेदरल्यान्ड्सले घरेलु टोली मोन्टेनेग्रोसँग २–२ गोलको बराबरी खेल्न बाध्य बनेको हो । मोन्टेनेग्रोमा शनिबार राति भएको खेलमा नेदरल्यान्ड्सका लागि दुवै गोल मेम्फिस डिपाएले गरेका थिए । घरेलु टोलीका लिजा भुकोटिक र निकोला भुजनोभिकले बराबरी गोल […]