श्रीलंका आर्मीसँग एपीएफ स्तब्ध

दुई पाहुना टोलीमध्ये टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ श्रीलंका आर्मीले विजयी सुरुआत गरेको छ । महिलातर्फ भारतको हरियाणा टिम भने पहिलो खेलमा पराजित भएको छ । चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिपमा श्रीलंका आर्मीले मंगलबार नेपाल एपीएफ क्लबलाई हराएको हो ।