काठमाण्डाै – नेपाली कांग्रेसको रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदे प्रतिवेदन बुझाएको छ । मङ्गलवारको पार्टी केन्द्रीय कार्यसमिति बैठकअघि अभियानले पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत पार्टीलाई प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन बुझाइसकेपछि कांग्रेस नेता गुरु घिमिरेले पार्टीलाई यथास्थितिबाट मुक्त गर्न नसकिने बताउनुभयो । उहाँले यथास्थितिले आउँदा दिनमा आउन सक्ने चुनौतीको सामना गर्न कांग्रेसले नसक्ने जिकिर गर्नुभयाे । उहाँले कांग्रेसलाई आन्तरिक रूपबाटै सुदृढ बनाएर विभिन्न आयामहरूमा देखिएका विभिन्न खाले समस्याहरूलाई ...