कृषिमा क्रान्ति गर्ने रवि लामिछानेको घोषणा, कृषि बजारीकरण बोर्ड गठन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी ५ वर्षमा कृषिमा क्रान्ति गर्ने घोषणा गरेको छ । आज घोषणापत्र सार्वजनिक गर्दै रास्वपाले कृषिमा क्रान्ति गर्ने र जन–जनमा समृद्धि अनि शान्ति ल्याउने दाबी गरेको हो ।यसका लागि आगामी ५ वर्षमा रासायनिक मल कारखाना स्थापना गर्ने देखि कृषि बजारीकरण बोर्ड गठन गर्ने घोषणा लामिछानेको पार्टीले गरेको छ । यस्तै, कृषिलाई आधुनिकीकरण गर्न, बाँझो जग्गा सदुपयोग गर्नका साथै खाद्य सुरक्षा र आत्मनिर्भरता हासिल गर्न कृषि भूमि बैँकको स्थापना गरिने स