काठमाडौं। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका चार स्थानमा पसल राख्ने भएको छ। कम्पनीले निषेधाज्ञाको समयमा सर्वसाधारणलाई कुनै समस्या नपरोस भनेर पसल राख्ने निर्णय गरेको बताएको छ। थापाथली, नख्खु, रामशाहपथ र सूर्यविनायकमा सरकारी पसल सञ्चालन हुनेछन्। ती स्थानमा बासमतीसहित, जुम्ली, मार्सी, कर्णालीको सिमी, घ्यू, तेल, स्यानिटाइजर लगायतका वस्तु पाइनेछन्।