जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले बिपी राजमार्गअन्तर्गत पाँच खण्डको पुनःनिर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरेको छ ।
जाइकाको आर्थिक सहयोगमा निर्माण भएको राजमार्गमा विभिन्न खण्डमा भूकम्पले क्षति पु¥याएकाले जाइकाले पुनःनिर्माण गरेको थियो ।
जाइकाले भर्चुअल कार्यक्रममार्पmत आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई उक्त सडक हस्तान्तरण गरेको हो ।
राजधानीलाई पूर्वी तराईसँग जोड्ने १६० किलोमिटर लम्बाइको बिपी राजमार्ग जाइकाले सन् १९९६ मा निर्माण शुरु गरेको थियो । सन् २०१५ मार्च...