हप्ताको पहिलो दिन शेयर बजार ६० अङ्कले बढ्यो

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ६० अङ्कभन्दा धेरैले बढेको छ । नेप्से आज आइतवार ६० दशमलव ४१ अङ्कले बढ्दै दुई हजार पाँच सय ८४ विन्दुमा पुगेको छ ।  आज कारोबार भएका समूहमध्ये एउटा समूहको मात्रै शेयर घटेको छ । आज म्युचल फन्डको शेयर शून्य दशमलव शून्य ६ अङ्कले घट्दा निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै चार सय ११ अङ्कले बढेको छ ।  यस्तै उत्पादन समूहको शेयर तीन सय ४८ अङ्कले, जीवन बीमा समूहको शेयर तीन सय ४४, विकास बैंक समूहको शेयर एक सय ४४ अङ्क र माइक्रोफाइनान्स समूहको शेयर एक सय ४०...