कास्की – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हाम्रा विविधतायुक्त चाडपर्व तथा संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् । बकर इद (इद उल अज्हा) पर्वका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता धार्मिकोत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका […]