बागमतीमा भीआरएस लागू हुँदै

हेटौंडा, (नेस) । यातायातका सम्पूर्ण राजस्व भुक्तानी, नवीकरण, जरिवाना, अन्य दस्तुर तथा बीमासम्बन्धी कार्यलाई अनलाइन प्रणालीमार्फत् भुक्तानीको व्यवस्था मिलाइने भएको छ । बागमती प्रदेश सरकारले ‘विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवाप्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८’ स्वीकृत गरी अपग्रेटेड भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) सहित ट्रान्सपोर्ट म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम विकास र कार्यान्वयन गर्न स्वीकृत गरेको हो । […]