अब एउटा संसदले टुंगोमा पुर्याउन नसकेको महाभियोगको मुद्दा अर्को संसदले पनि हेर्ने भएको छ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको आज सिंहदरबारमा बसेको बैठकमा एउटा संसद्मा नटुंगिएको महाभियोग प्रस्ताव अर्को संसद्मा लैजान सांसदहरूले सहमति गरेका हुन् ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले गलत समयमा प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याएर सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले परिस्थिति भड्काउन लागेको आरोप लगाएका छन् ।
देशलाई राजनीतिक अस्थिरतामा लैजान कांग्रेस लागिपरेको उनले आरोप लगाए ।
सोमवार बसेको एमाले संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले छापामार शैलीमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर देशलाई द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाए ।
‘हिजोको सचिवालय बैठक र आजको संसदीय दलको बैठकमा परिस्थितिको समी...