त्रिभुवन राजपथ सुचारु, कान्ति लोकपथ र सिस्नेरी सडक अवरुद्ध
शनिबारबाट परेको अविरल वर्षापछि आएको पहिरो खसेर अवरुद्ध बनेको त्रिभुवन राजपथ सुचारु भएको छ । कान्ति लोकपथ र भीमफेदी हुँदै कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ भएर काठमाडौँ जोड्ने सडक अवरुद्ध बनेको हो ।