टाटा जेन्युइन स्पेयर पार्ट्स र आयलमा छूट सुविधा

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ग्राहकलाई टाटाको जेन्युइन स्पेयर पार्ट्स र आयल खरीदमा छूट दिने भएको छ । ग्राहकको चाहना र अपेक्षालाई ध्यानमा राख्दै छूट सुविधा ल्याइएको कम्पनीले जानकारी दिएको छ । टाटा जेन्युइन पार्ट्स तथा टाटा जेन्युइन आयल खरीदमा २५ प्रतिशतसम्म छूटको व्यवस्था रहेको कम्पनीको भनाइ छ । सिप्रदीका प्राविधिकबाट गाडीको चेकजाँच तथा परामर्श प्रदान गरी कम खर्चमा टाटा जेन्युइन पार्ट्सको प्रयोग गर्न यसबाट उपभोक्तालाई राहत पुग्ने कम्पनीले बताएको छ । यसबाट गाडीको कार्य क्षमता समेत बढ्ने र गाडी सञ्चालन खर्च न्यूनीकरणमा मद्दत पुग्ने विश्वास कम्पनीको छ । छूट सुविधा नेपालभर रहेका सिप्रदीका सबै सर्भिस सेन्टरमा लागू हुनेछ । साथै सिप्रदी वर्कशपमा फेरिएका टाटा जेन्युइन पार्ट्समा ६ महीना वा ५० हजार किलोमिटरसम्म वारेन्टी सुविधा पनि रहेको कम्पनीले बताएको छ ।

सम्बन्धित सामग्री