पर्यटन विकासका नाममा टुक्रे योजना

डोल्पाका सांसद धनबहादुर बुढा २०७४ मा संघीय सरकारमा पर्यटन राज्यमन्त्री भए । उनका भाइ नन्दबहादुर बुढा कर्णाली प्रदेशका पर्यटन मन्त्री थिए । संघीय पर्यटन मन्त्री भएपछि कर्णालीवासी खुसी हुनु स्वाभाविक थियो, कर्णालीको पर्यटन विकासमा पक्कै पनि मन्त्रीले चासो राख्लान् भन्ने । तर, त्यसो भएन, पर्यटन विकासको ४० करोड रकम पूरै डोल्पामा खन्याए ।