गगनको लोभलाग्दो लोकप्रियता, ९०० मतपत्र गणना गर्दा ५५९ मत

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् । ९०० मत गन्दा गगनले ५५९ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले ३५७, प्रदीप पौडेलले ३००, प्रकाशशरण महतले २९७ र मीनेन्द्र रिजालले १५३ र राजाराम कार्कीले ३१ मत प्राप्त गरेका छन् । दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटासम्म मत दिन पाउने व्यवस्था छ । कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ । सभापति र उपसभापति पदको मतगणना भने यसअघि नै सकिएको छ । सभापतिमा शेर...