आँखारोग विशेषज्ञ डा श्रेष्ठको एकल कला प्रदर्शन

आँखारोग विशेषज्ञ डा सविना श्रेष्ठ ‘विजुच्छे’को एकल कला प्रदर्शन गरिएको छ । डा श्रेष्ठले आफ्नो प्राध्यापन र डाक्टरी पेशाका अलावा विगत तीन वर्षदेखि सिर्जना गरेका १०० कलालाई आज नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी गरिएको हो । उक्त प्रदर्शनीको शताब्दीपुरुष सत्यमोहन जोशीले उद्घाटन गरे ।कार्यक्रममा शताब्दीपुरुष जोशीले कलाका माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताए । “नेपाली कलाको विकास, उन्नति र प्रचारका क्षेत्रमा नेपाल कला परिषद्ले खेलेकोे भूमिका सराहनीय छ”, उनले भने ।जोशीले

सम्बन्धित सामग्री

कला प्रदर्शन देखाउँदै कुकुर

मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजाअघि विभिन्न कला प्रदर्शन देखाउँदै तालिम प्राप्त कुकुर। विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो। तस्बिर: निशा भण्डारी

कुकुर तिहारमा सेनाका सैनिक कुकुरको कला प्रदर्शनी (फोटो/भिडियो)

काठमाडौँ– यमपञ्चकको पहिलो दिन बुधबार कुकुर तिहार मनाइएको छ । यस अवसरमा नेपाली सेनाका सैनिक कुकुरको कला प्रदर्शनी गरिएको छ । भक्तपुरको मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजाअघि तालिम प्राप्त सैनिक कुकुरले विभिन्न कला प्रदर्शन गरे । विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो […]

कला प्रदर्शन देखाउँदै कुकुर

मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजाअघि विभिन्न कला प्रदर्शन देखाउँदै तालिम प्राप्त कुकुर । विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो । तस्बिर : रत्न श्रेष्ठ/रासस

भक्तपुरमा मनाइयो कुभिण्डे जात्रा

काठमाडौँ– भक्तपुरको मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डे जात्रा मनाइएको छ । विजया दशमीको भोलिपल्ट एकादशीको दिन थिमिमा मनाइने यो जात्रामा हातमा खड्ग बोकेका व्यक्तिहरुलाई नगर परिक्रमा गराउने गरिन्छ । मल्लकालदेखि चल्दै आएको विश्वास गरिने खाँ पिहाँवइगु जात्रामा खड्ग, तरबार ढाल सहित युद्ध कला प्रदर्शन गरिन्छ । खड्ग बोकेकाहरुले बालकुमारीमा गएर दैत्य आकृतिको कुभिन्डो माथि प्रहार […]

३३ कलाकारको प्रत्यक्ष कला प्रदर्शन

काठमाडौं । यही असोज २१ गते ३३ नेपाली कलाकारले एकै स्थानमा प्रत्यक्ष कला प्रदर्शन गर्ने भएका छन् ।

३३ कलाकारको प्रत्यक्ष कला प्रदर्शन

यही असोज २१ गते  ३३ नेपाली कलाकारले एकै स्थानमा प्रत्यक्ष कला प्रदर्शन गर्ने भएका छन् । म्युजियम अफ नेपाली आर्टले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै क्यान्सर रोग पीडित  बालबालिकालाई सहयोग होस् भन्ने उद्देश्यले प्रदर्शन गर्न लागेको जानकारी दिएको हो ।किरण मानन्धर, लोक चित्रकार, गोपाल कला प्रेमी, समुन्द्रमान सिंह, राजप्रकाश तुलाधरलगायत ३३ कलाकारले आधुनिक कला पस्कने  छन् । आयोजक संस्थाका प्रमुख राजन शाक्यले नेपाललाई कला गन्तव्यका रूपमा पहिचान दिनु र अन्तर्राष्ट्रिय बजारम

नेपाली कला प्रदर्शन गर्दै ‘म्युजियम अफ नेपाली आर्ट’

शाक्यले भने, ‘विदेशका संग्रहालयमा नेपाली कलाकारको कला छ तर नेपालको म्युजियममा छैन । हाम्रा कला र कलाकारको डिमाण्ड विदेशमा धेरै छ ।’

‘नागरिक सभा’मा प्रतिगमन विरोधी कला प्रदर्शन (तस्बिरहरू)

संसद विघटनविरूद्ध नागरिक अगुवाहरूले प्रज्ञा प्रतिष्ठान डबलीमा मंगलबार विरोध सभा गरेका छन्।

बालीमा नेपाली कला प्रदर्शन

इण्डोनेशियाको बालीस्थित उबुदमा यतिबेला चार जना नेपाली कलाकारहरु पुगेका छन् । उबुदको अगुङ राई म्युजियम अफ आर्ट ‘आरमा’ मा पुगेका चार जना कलाकारहरु श्यामसुन्दर यादव, विभुषण ताम्राकार, जया शर्मा र अनिता भट्टराईका कला सिर्जना प्रदर्शन भइरहेका छन् ।

निर्मलाको न्यायका लागि कार्टुन र चित्र बनाएर माइतीघरमा प्रदर्शन

काठमाडौं - कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको न्यायका लागि कार्टुनिस्ट र चित्रकारले कला प्रदर्शन गरेका छन् । सोमबार साँझ काठमाडौंको माइतीघर मण्डलामा मैनबत्ति बालेर कला प्रदर्शन गरिएको हो ।  साँझ माइतीघर मण्डलामा भेला भएका चर्चित कार्टुनिस्टहरुले लाइभ कार्टुन बनाएर प्रदर्शन गरे । प्रदर्श...