काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित छ। र यसको प्रत्यक्ष असर यतिबेला प्रदेश सरकारमा देखिइसकेको छ। नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओली पक्षको मुख्यमन्त्रीविरुद्ध एकपछि अर्को गर्दै अविश्वास प्रस्ताव दर्ता गराइरहेका छन्।लामो रस्साकस्सीपछि प्रदेश १ मुख्यमन्त्री शेरधर राईविरुद्ध अविश्वासको प्रस्ताव आइतबार संसदमा टेबुल भयो। प्रचण्ड–माधव पक्षका प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले अविश्व