म्याग्दी : ०६० साल चैत ७ गतेको रात धेरै म्याग्देलीका लागि ‘भय र काल’को रात बन्यो। तत्कालीन नेकपा माओवादीले बेनी आक्रमण गरेको त्यो रात अझै पनि यहाँका बासिन्दाले बिर्सन सकेका छैनन्।सोही आक्रमण नै तत्कालीन नेकपा माओवादी सातदलीय मोर्चामा सहभागी हुने आधार बन्यो र ०६२/६३ को ऐतिहासिक जनआन्दोलन सफल भयो। राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना, नयाँ संविधान र संघीय व्यवस्थाको शुरुवात भयो।यी त भए राजनीतिक परिवर्तनका कुरा। बेनी आक्रमणले राजनीतिक परिवर्तनको आधार मात्र तयार गरेन, धे