काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को सुरु बिन्दु ललितपुरस्थित खोकना क्षेत्रको जग्गा विवाद नटुंगिँदा ठेक्का व्यवस्थापनको काम अघि बढ्न सकेको छैन । खोकनाबाट निजगढतर्फ जाँदा कुल ७२.५ किमिमध्ये २६.३८ किमि खण्डको ठेक्का व्यवस्थापन हुन सकेको छैन ।