तिलोत्तमालाई करमुक्त नगर बनाउने एकीकृत समाजवादीको घोषणा

१८ वैशाख, बुटवल । नेकपा एकीकृत समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई करमुक्त बनाउने योजना अघि सारेको छ । स्थानीय प्रतिबद्धतापत्र सार्वजनिक गर्दै फजुल खर्च कटौती गरी नगरपालिकाले लिने कुनै पनि कर नलिने (ट्याक्स फ्री) बनाउने योजना सार्वजनिक गरेको हो । एकीकृत समाजवादीले तिलोत्तमा नगरपालिकामा मेयरमा आशाकुमारी चौधरी र उपमेयरमा इञ्जिनियर सञ्जीव भण्डारीलाई उम्मेदवार बनाएको छ । […]