जिल्ला अस्पताल पाँचथरको ओपीडी सेवा डेढ महिनादेखि बन्द, बिरामी मर्कामा

पाँचथर – जिल्ला अस्पताल पाँचथरको ओपीडी सेवा डेढ महिनादेखि बन्द हुँदा बिरामी मारमा परेका छन् । यो अस्पतालमा पाँचथरसहित छिमेकी जिल्ला ताप्लेजुङ र तेह्रथुमको आठराई गाउँपालिकाका बिरामी समेत उपचारका लागि पुग्ने गरेका थिए । तर, डेढ महिनादेखि अस्पतालको ओपीडी नखुल्दा बिरामीहरु समस्यामा परेका छन् । निषेधाज्ञालाई खुकुलो बनाउँदै बजार, पसलहरु खुल्न थाले पनि अस्पतालको ओपीडी सेवा भने सुरु भएको छैन । बिरामीले ओपीडी सेवा खुलाउन माग गर्दै आएका छन् । तर, अस्पतालका सूचना अधिकारी नारायण जोशीले कोरोना भाइरसको संक्रम...