अलपत्र श्रमिकबारे एनआरएनएले सरकारलाई बुझायो १३ बुँदे ध्यानाकर्षणपत्र

गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० ले सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । गैरआवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए कल्याणकारी विभागका प्रमुख डा बद्री केसीले सोमबार एक पत्रमार्फत सरकारलाई विदेशमा अलपत्र परेका श्रमिकको तत्काल उद्धारका लागि आग्रह गर्नुभएको छ । सङ्घले उपप्रधानमन्त्री तथा अध्यक्ष कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादव र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई लेखेको पत्रमा विदेशमा अलपत्र परेका नेपालीको उद्धार प्रक्रियालाई थप तीव्रता दिन आग्रह गरिएको छ । सङ्घले विदेशमा अलपत्र परेका व्यक्तिको उद्धारका लागि सरकारको तर्फबाट चाल्नुपर्ने कदमका बारेमा बुँदागतरूपमा सुझाव दिएको छ ।